काठमाडौं : सरकारले राजपत्रांकित द्धितीय श्रेणीका ७१ उपसचिव एकै पटक सरुवा तथा पदस्थापनसँगै कामकाजमा खटाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७१ उपसचिवलाई विभिन्न निकायमा पदस्थापन, सरुवा तथा कामकाजमा खटाएको हो । सरुवा गरिएकामध्ये ६ जना उपसचिवलाई भने मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।







