खानी दुर्घटनामा ७ जनाको मृत्यु

२०८१ फाल्गुन ६, मंगलवार

काठमाडौं : काजाकिस्तानको उल्टाउ क्षेत्रमा सोमबार राति एउटा खानी भत्किँदा सात जनाको मृत्यु भएको देशको काजिनफर्म समाचार एजेन्सीले जनाएको छ ।

दुर्घटनाको समयमा सात जना खानीमा फसेका थिए । मङ्गलबार बिहानसम्म सातै खानी मजदुरको शव निकालिएको थियो । कजाखका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले सरकारलाई घटनाको कारणहरूको गहिरो अनुसन्धान गर्न आदेश दिनुभयो । त्यसका लागि विशेष आयोग गठन गरिएको छ ।

खानी कम्पनी कजाख्मिसको प्रारम्भिक निष्कर्षले प्राकृतिक ग्यास विस्फोटका कारण खानी भत्किएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार