आगामी चुनाव माओवादी एक्लै लड्छ : चक्रपाणि खनाल

२०८१ फाल्गुन ७, बुधबार

बुटवल : नेकपा (माओवादी केन्द्र)का सचिव चक्रपाणि खनाल ‘बलदेव’ले २०८४ को चुनाव माओवादी एक्लै लड्ने बताएका छन् ।

माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशन उद्‌घाटन समारोहमा माओवादीको पक्षमा जनलहर देखिएको भन्दै अब कसैको वैशाखी टेक्नु नपर्ने बताए । ​’पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध अभियान शुरू गर्‍यो, ​जाल-झेल गरेर सरकारबाट हटाइयो, जुन विषय जनताले बुझेका छन्,’ उनले भने । वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षणमा लागेको उनको आरोप छ ।

नेता खनालले विचार मिल्ने शक्तिहरूलाई एकतामा आउन आग्रह गरे । छिन्नभिन्न हुँदा माओवादी शक्ति कमजोर भएको भन्दै उनले विचार मिल्ने शक्तिहरू एकता गर्नुको विकल्प नभएको बताए हुन् । ‘बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन, विप्लव जीलगायत साथीहरूसँग चाँडै एकता हुँदैछ,’ उनले भने ।

यस्तै, कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्लाहा खानले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । नेताहरू अब जनताको घरदैलोमा जानु पर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार