राजसंस्था फर्काउने आन्दोलन कुनै शक्तिले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन

२०८१ फाल्गुन ९, शुक्रबार

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २०६३ सालमा विस्थापित भएका राजालाई नारायणहिटीमै पुनः स्थापित गराउन राप्रपा तयार रहेको बताएका छन् ।

पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै उनले राजसंस्था फर्काउने आन्दोलन गरेपछि कुनै शक्तिले रोक्न नसक्ने चेतावनी दिए । ‘निर्मल निवास र नारायणहिटीको दुरी कति छ ? जसरी राजालाई जबरजस्त विस्थापित गर्नुभयो । निर्मल निवासबाट दोहोर्‍याउँदै नारायणहिटी पुर्याउन तयार छौँ,’ उनले भने, ‘त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । सामान्य नसम्झनुहोला ।’

उनले कांग्रेस र एमालेलाई लचिलो भएर राजसंस्था पुनर्स्थापना जुट्न आग्रह गरेका छन् । ‘तपाईँहरू लचिलो पार्टी हो, हिजो गल्ती भएछ भन्ने स्वीकार गर्नुहुन्छ भन्ने आसा गर्छु,’ उनले भने, ‘तर तपाईँहरूले देशलाई जबरजस्त यसरी लान्छु भन्ने ठान्नुहुन्छ भने देश यसरी चल्दैन । जनता पनि चुप लागेर बस्दैन । राप्रपाले छिनोफानोका लागि तपाईंहरुविरुद्ध आन्दोलनको नेतृत्व गर्छ ।’

लिङ्देनले राजसंस्थालाई अभिभावकी संस्थाको रूपमा राखेर नेपालको मौलिक राज्य व्यवस्था लागू गर्न सकिने प्रस्ताव गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार