
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई हटाउनु पर्ने कुनै कारण नभएको बताएका छन्। उनले नेपालमा सबैभन्दा राम्रो काम गरेको कर्मचारीलाई सरकारले हटाउन नहुने बताएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ पटक स्पष्टीकरण सोधिसकेका छन्। २ पटक त कार्यकारी निर्देशकबाटै किन नहटाउने भनी स्पष्टिकरण माग गरेका थिए। मन्त्रलायले स्पष्टीकरण माग गरेको राज्यमन्त्री तामाङले नै विरोध गर्दै आएका छन्।
‘सरकारले कानुनअनुसार हटायो भने म राज्य मन्त्रीले त के गर्न सक्छु र,’ तमाङले भने,‘तर, नेपाली जनता कुलमानलाई हटाउनु हुँदैन भन्ने पक्षमा छन्। बरु साउनमा कार्यकाल सकिएपछि पुनः नियुक्ती दिनुपर्छ भन्ने मेरो मान्यता हो।’