पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी पस्न सक्छन्, तर टिकट काटेर : जगन्नाथ खतिवडा

२०८१ चैत्र ४, सोमबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजावादीहरुको गतिविधिले आफूहरु कति पनि नआत्तिएको बताएका छन् ।

आज पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहसँग संक्षिप्त कुराकानी गर्दै उनले अब यो देशमा ज्ञानेन्द्र, उनका सन्तान वा अरु कोही पनि राजा बन्ने र राजसंस्थाको सम्भावना नै नरहेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले टिकट काटेर नारायणहिटी छिर्न पाउने, बाहिर सुनारलाई बनाउन लगाएर श्रीपेच पनि लगाउन पाउने तर उनी फेरि राजा कहिले पनि नबन्ने बताए ।

साथै, निरङ्कुश र वंशवादी राजतन्त्रको विरुद्धमा जनताको चेतना कति सबल छ भन्ने कुरा देखाउन आगामी चैत १५ गते जनप्रदर्शनको आयोजना गरिएको पनि उनले बताए । उक्त जन प्रदर्शनमा देशभरबाट एक लाखभन्दा बढी मानिस काठमाडौं आउने उनको दाबी छ ।

‘हामी पटक्कै पनि डराएका छैनौं । राजावादीहरुले अहिले सडक हाम्रो हो । दलसँग जनता छैनन् । दलहरु एक्लै परे । हामी जित्दैछौं भनेर जे प्रचारबाजी गरिरहेका छन् । तिमीहरु हार्दैछौं, तिमीहरु नाटकी हौं । तिमीहरु कालो कर्तुत, निरङ्कुश इतिहास सबै कुरा हामीलाई थाहा छ । तिम्रा विरुद्धमा जनताको गणतन्त्रको चेतना कति सबल छ भनेर एकचोटी सानो झल्को देखाइदिउँ, बाँकी रह्यो भने त हामी धेरै क्ुरा गरौंला । तर, यो मुलुकमा न राजतन्त्र आउँछ, न राजसंस्था आउँछ ? ज्ञानेन्द्र नारायणहिटीमा टिकट काटेर पस्न सक्छन् । उनलाई त्यो ठाउँ छदै छ । श्रीपेच सुनारलाई बनाउन लगाएर नारायणहिटीभित्र पसेर लगाउन पनि सक्छन् । जान रोकटोक छैन,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार