
काठमाडौं : मोरङको रंगेलीमा छोराले बाबुलाई चक्कु प्रहार गरेका छन्। रङ्गेली नगरपालिका वडा नम्बर ७ तित्रीटोलका ६१ वर्षीय चन्देश्वर चौधरीलाई छोरा ३५ वर्षीय अशोक चौधरीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार घरायसी विवाद हुँदा अशोकले चक्कु प्रहार गरेका हुन्। चन्देश्वरको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उपचारका लागि रङ्गेली अस्पतालमा उपचार सम्भव नभए पछि विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
धारिलो हतियार प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा छन्।