दिउसै युवकमाथि खुकुरी प्रहार

२०८१ चैत्र ५, मंगलवार

काठमाडौं : दाङमा मंगलबार दिउँसो तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।

तुलसीपुर उपमहानगरपालिका – १८ का १८ वर्षीय एक युवकमाथि दुई जना अपरिचित युवाले खुकुरी प्रहार गरी फरार भएका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार खुकुरी प्रहारबाट ती युवकको ढाडमा गहिरो घाउ खत लागेको छ।घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्सिङ होम नेपालगञ्ज बाँकेका लागि रिफर गरिएको छ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–५ गोदाम घर नजिकै पसलमा बसेको समयमा उनीमाथि अपरिचित दुई युवाले खुकुरी प्रहार गरी भागेका थिए। घटनास्थल इप्रका तुलसीपुरको पूर्व ठिक १०० मिटरको दुरीमा छ। उनीमाथि दिउँसो २ बजेतिर खुकुरी प्रहार भएको थियो। प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार फेसबुक म्यासेन्जरमा भएको पुरानो विवाद र रिसइबीका कारण ती युवकमाथि खुकुरी प्रहारको घटना भएको भन्ने खुलेको बताए।

एक जनाले विवाद मिलाइदिन्छु भनेर ती युवकलाई तुलसीपुर बजारमा बोलाएको र पसलमा सँगै बसेर नास्ता खान भनेर गएको समयमा खुकुरी प्रहारको घटना भएको उनले बताए। प्रहरी निरीक्षक खत्रीका अनुसार खुकुरी प्रहार घटनामा संलग्न दुबै युवक तुलसीपुर बजारकै हुन्। खुकुरी प्रहारमा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले बताएको छ। प्रहरीले घाइते युवकको भने नाम खुलाएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार