
काठमाडौं : मार्च महिनाको पहिलो हप्ता, , एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियनको ACSIIS कार्यक्रमको सहयोगमा तीन दिने तालिम सञ्चालन गरेको थियो ।
सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू—ऊर्जा, कृषि व्यवसाय, र SME (सानो तथा मध्यम उद्यम) क्षेत्र—मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित रहेको थियो ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले, तालिमले बैंकिङ तथा व्यवसायमा ESG (पर्यावरणीय, सामाजिक, र सुशासन) अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ । IFC का विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न NMB बैंकका व्यावसायिक टोली, E&S तथा जोखिम अधिकृतहरू, तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए ।
उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ESDD), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको थियो ।
यस पहलले ESG तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।