बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

२०८१ चैत्र १३, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १ हजार ९९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार