
काठमाडौँ : भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउन सत्तारूढ दलका शीर्ष नेताहरू सहमत भएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय दलहरूको बैठकमा यस्तो सहमति भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादवले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता छ।
यसअघि मंगलबारको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुँदा एजेन्डामै बैठक प्रवेश गर्न सकेको थिएन।