काठमाडौं : इलाका प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख तथा डीएसपी वीरेन्द्र पासवानको जिम्मेवारी खोसिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले डीएसपी पासवानलाई हेडक्वार्टर झिकाइएको पुष्टि गरे । बुधबार प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोस्दै हेडक्वाटर तानेको हो । उनी करिब दुई महिनाअघि मात्रै लहानको कमाण्ड गर्न पुगेका थिए ।
यसअघि सोमबार मात्रै प्रहरी हेडक्वार्टरले सदरमुकाम सिरहा बजारका एसपी रमेश पण्डितको पनि जिम्मेवारी खोसेको थियो ।



