मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष थपलिया घाइते

२०८१ चैत्र १३, बुधबार

काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँ बस्ती सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष घाइते भएका छन् ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख २३६५न.को तोरी लोड बोकेको ट्रक बिग्री साइटमा रोकी राखेको अवस्था मनहरीतर्फबाट सुनाचुरीतर्फ जाँदै गरेको ना १ ब ३०६६ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका ६ चौकीटोल बस्ने मनहरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष युवराज थपलिया घाइते भएका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार मङ्लबार भएको उक्त दुर्घटनामा परी वडाध्यक्ष थपलियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । थपलियालाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार