सुरक्षा निकायका साथीहरू संविधानको रक्षाका लागि तयार हुनुस्ः गृहमन्त्री लेखक

२०८२ बैशाख ५, शुक्रबार

काठमाडौं : गृहमन्त्री रमेश लेखकले संविधान च्यात्ने र फाल्ने कोशिस कुनै पनि हालतमा सह्य नहुने बताएका छन् । आज (शुक्रबार) गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उनले सुरक्षा निकायलाई संविधानको रक्षाका लागि तयार बस्न निर्देशन दिए । ‘संविधान च्यात्ने, फाल्ने कोसिस कुनै हालतमा सह्य हुन सक्दैन । सुरक्षा निकायका साथीहरू संविधानको रक्षाका लागि तयार हुनुस्,’– उनले भने ।

गृहमन्त्री लेखकले संविधानको अधीनमा रहेर विरोध र आलोचना गर्न पाइने तर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानलाई नै समाप्त पार्ने खालका कुनै पनि गतिविधिलाई स्वीकार गर्न नसकिने बताए । उनले वर्तमान संविधानलाई संशोधनमार्फत् अझ उन्नत बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

संविधान निर्माणमा सहभागी राजनीतिक दल र विभिन्न राजनीतिक शक्तिबीच सहमतिको आधारमा संविधान संशोधन गरिने पनि नउलेब ताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार