जिप दुर्घटनामा एकको घटनास्थलमै मृत्यु, ५ जना घाइते

२०८२ बैशाख ८, सोमबार

काठमाडौं : पाल्पामा यात्रुवाहज जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ३ बैघाकी १७ वर्षीया एलिजा सारु रहेको स्थानीय रमेश न्यौपानेले जानकारी दिए ।सारुको जिपले च्यापिएर ज्यान गएको न्यौपानले बताए । आइतबार बेलुका तानसेनबाट भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली ४ को बेलडाँडा भन्ने स्थानमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

ब्रेक फेल भएको गाडी सडकै पल्टिदा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउँकोेमा चोट लागेका कारण अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासका उपचारका लागि पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार