आन्दोलन सुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ: धवल शमशेर

२०८२ बैशाख ८, सोमबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेरले राप्रपाको आन्दोलन अझै सशक्त बन्ने बताएका छन्।

सोमबार शमशेरसँगको भेटपछि राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता समेत रहेका स्वागत नेपालले सो कुरा बताएका हुन्।

नेपालले लेखेका छन्, ‘साथीहरू उत्साह कायम राख्नुहोला भन्दै हुनुहुन्छ राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन आन्दोलन परिचालन समितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री माननीय सांसद डा. धवल शमशेर राणा: आन्दोलन सुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ… उहाँको स्वास्थ्य उपचार पनि यसैबिच हुनेछ…आजको भेटमा सबैलाई यही सन्देश सुनाइदिनु भन्नु भएको छ…!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार