काठमाडौं : साउदी अरेबियाबाट आउँदै गरेको विमान दिल्ली विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार टायरमा समस्या देखिएपछि विमान आपत्कालीन अवतरण गर्नुपरेको हो। विमानको आपत्कालीन अवतरणअघि विमानस्थलमा अलर्ट जारी गरिएको थियो। यो सूचना पाएपछि दमकल, एम्बुलेन्स, सुरक्षाकर्मी आदि घटनास्थलमा पुगेका थिए।
यसपछि विमानलाई रनवेमा सुरक्षित अवतरण गरियो। सबै यात्रु पूर्ण रूपमा सुरक्षित छन्। यो विमान साउदी एयरलाइन्सको हो। विज्ञहरूले विमानमा भएको गल्तीको अनुसन्धान गरिरहेका छन्।











