श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

२०८२ बैशाख ९, मंगलवार

काठमाडौं : काठमाडौंको शंखरापुरमा श्रीमतीको हत्या गरी फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार पदम तामाङलाई नुवाकोटबाट पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए।आइतबार राति सवा ९ बजे शंखरापुर नगरपालिका-९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा एक जना महिला मृत फेला परेकी थिइन्। रामेछाप खाडादेवी गाउँपालिका-७ घर भएकी पुतली घिसिङको घाँटीमा खुकुरी प्रहार भएको थियो।

उनीसँगै श्रीमान भनेर बसेका पदम तामाङलाई प्रहरीले पक्राउ गरेको हो। पदमले पुतलीसँग तेस्रो श्रीमतीको रूपमा राखेका थिए। तर आधिकारिक रूपमा विवाह दर्ता भने गरिसकेका थिएनन्। यता पदमले दोस्रो श्रीमतीसँग पनि सम्बन्धबिच्छेद गरेका थिएनन्। एसपी बोहराका अनुसार पदमले त्यस राति मापसे गरेका थिए। मापसेकै तालमा सामान्य विवाद भएकै कारण हत्या गरेको बताएका हुन्।

‘रक्सी खाएको तालमा विवाद गरिन्। त्यही भएर हत्या गरेँ भनेका छन्,’ उनले भने। दुई जना केही महिनादेखि मात्रै सँगै बस्न थालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार