
काठमाडौं : कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।