
काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २०० रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६५ रूपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर २ हजार १० रूपैयाँ कायम भएको छ ।