आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र विद्यालय फर्कन सर्वोच्चको आदेश

२०८२ बैशाख ११, बिहीबार

काठमाडौँ : सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।

न्यायाधीश नहकुल सुवेदीको एजलासले बिहीबार उक्त आदेश गरेको हो । साथै कक्षा १२ को परीक्षा नसार्न पनि आदेशमा भनिएको छ । शिक्षकहरू शिक्षा ऐन जारी गर्ने लगायत माग राखी आन्दोलनरत रहेको र हालसम्म टुंगिने अवस्था नदेखिँदा यसले देशभरका लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अधिवक्ता चौधरीले गत चैत १० गते रिट दायर गरेका थिए ।

उनले रिटमा आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको र विद्यार्थीको शिक्षासम्बन्धी हकमा गम्भीर असर परेको भन्दै समयमै पढ्न,लेख्न पाउने वातावरण मिलाइदिन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार