सवारी दुर्घटनामा तीन जनाको मृत्यु, १० जना घाइते

२०८२ बैशाख ११, बिहीबार

काठमाडौं : फिलिपिन्सको राजधानी मनीलामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार दुर्घटना बुधबार राति मारीकीना सिटीमा भएको हो । पुलिसका अनुसार, उकालो चढ्ने क्रममा एक ट्रक सडकमा पल्टिएपछि दुर्घटना भएको हो । त्यसपछि अन्य सवारीहरू पनि एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा एक ट्रेलर ट्रक, दुईवटा यात्रु जीपनी, दुईवटा कार र एउटा स्पोर्ट युटिलिटी सवारी संलग्न थिए ।

मारीकीना सिटीको विपद् व्यवस्थापन कार्यालयले चालकसहित तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । पुलिसले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार