फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो

२०८२ बैशाख २५, बिहीबार

काठमाडौँ : पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ ।

सशस्त्र प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण स्टयान्डिङ डबल प्याडल भएको पर्यटक सवार डुंगा पल्टिएको हो । डुङ्गा पल्टिँदा ६ भारतीयसहित ७ जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्दार गरेको छ ।

बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ । डुंगामा भारत घर बताउने २५ वर्षीया सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ गाउँ बस्ने नेन्दबहादुर गुरुङ सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार