सत्यनिरूपण र बेपत्ता आयोग गठन : अध्यक्ष र सदस्य नियुक्ति

२०८२ जेष्ठ १, बिहीबार

काठमाडौँ : सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूको नियुक्ति गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगका पदाधिकारीहरूको नियुक्त गरेको हो।सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्व न्यायाधीश महेश थापा र सदस्यमा अच्युत भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौसल्या ओझालाई नियुक्त गरिएको छ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्यसचिव लीलादेवी गडतौलालाई नियुक्त गरिएको छ। त्यस्तै सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली रहेका छन्। उनीहरूको कार्यकाल चार वर्ष रहने र तलब, भत्ता तथा सेवा सुविधा राष्ट्रिय मानव अधिकार आयोगसरह हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार