फेरी बस्यो देउवानिकट ६ पूर्व पदाधिकारी बैठक

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौँ : लगातार नेपाली कांग्रेसको १५ औँ महाधिवेशन केन्द्रीत छलफल रहेका सभापति शेरबहादुर देउवानिकट ६ पूर्व पदाधिकारी आइतबार पनि बैठकमा जुटेका छन्। पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महामन्त्रीहरू पूूर्वमहामन्त्रीहरू शशाङ्क कोइराला र कृष्णप्रसाद सिटौला तथा प्रवक्ता प्रकाश शरण महत सानेपामा बैठकमा बसेका छन्।

सुरुमा सिंह, निधी र कोइरालाबाट सुरु भएको बैठकको सिलसिलामा पछिल्लो समय सिटौला, श्रेष्ठ र महत पनि जोडिँदै आएका छन्। उनीहरू कांग्रेसको १५ औँ महाधिवेशनमा एकताबद्ध भएर जाने र देउवाको उत्तराधिकारी आफैभित्रबाट हुनुपर्ने भन्दै एक ठाउँमा बसेर छलफल गर्दै आएका छन्। उता देउवाले भने आफ्नो उत्तराधिकारी को हुने भन्ने विषयमा मुख खोलेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार