काठमाडौँ : बजारमा काउलीको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा आइतबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम ५० देखि अधिकतम ६० रूपैयाँ किलोमा बिक्री भइरहेको छ।यो अघिल्लो महिनाको तुलनामा आधाले महँगो हो। एक महिनाअघि कालीमाटी बजारमा स्थानीय काउली र ज्यापु काउली प्रतिकिलो थोक मूल्य न्यूनतम २० देखि अधिकतम २५ रूपैयाँसम्म बिक्री भइरहेको थियो।
अहिले बजारमा ज्यापु काउलीको भने आएको देखिँदैन। अहिले बजारमा माग अनुसारको काउलीको उत्पादन नभएकाले मूल्य बढेको व्यवसायीहरू बताउँछन्।
व्यवसायीहरूका अनुसार यो काउलीको सिजन होइन। अफ सिजनमा उत्पादन थोरै हुने भएकाले मूल्य बढ्छ।








