ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८२ जेष्ठ ६, मंगलवार

कपिलवस्तु : बाणगंगा नगरपालिका-१ प्रर्दशनी चोकमा ना.४ ख ८१४३ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ सिद्दिपुर बस्ने ५० वर्षीय तुलाराम भाट क्षेत्रीको मृत्यु भएको छ ।

सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको एडमन सिटी जितगढी बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार