सशस्त्रका दुई जवान सप्तकोसी नदीमा बेपत्ता

२०८२ जेष्ठ २२, बिहीबार

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालका दुई जना जवान सप्तकोसी नदीमा बेपत्ता भएका छन्।

बिहीबार दिउँसो विपद उद्धारको अभ्यास गर्ने क्रममा उनीहरु नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।थापाका अनुसार बेपत्ता हुनेमा इलाम दरबन्दी भएका जवान हरिदेव राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीबाट अभ्यासमा गएका जवान सुरज साउद रहेका छन्।

अभ्यासका क्रममा कुनै प्राविधिक समस्या भएर दुर्घटनामा परेको हुन सक्ने आशंका गरेको र अहिले खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको पनि डीएसपी थापाले बताए।

सशस्त्र प्रहरी बलको बराहबाहिनी सुनसरीका प्रमुख डीआईजी कुमार न्यौपानेले पनि दुई जना बेपत्ता भएको खबर प्राप्त भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
2
+1
5
+1
1
+1
1
+1
0

ताजा समाचार