प्रदीप ज्ञवाली भन्छन्- एमालेविरुद्ध राजावादी, माओवादी, रास्वपालगायत संगठित रुपमा लागे

२०८२ जेष्ठ २४, शनिबार

भक्तपुर : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीविरुद्ध विपक्षीहरु संगठित रुपमा लागेको बताए ।पार्टीको बाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको प्रचार कार्यशालालाई सम्बोधन गर्दै उनले हिजोका अप्ठेरो चिरेर एमाले यो अवस्थामा आएको बताए । एमालेले यी अप्ठेरा सजिलै पार गर्ने उनको भनाइ थियो ।

पछिल्लो समय राजावादी, माओवादी, रास्वपालगायतका दल संगठित रूपमा एमालेविरुद्ध लागेको उनले सुनाए ।

‘नेकपा एमालेले धेरै प्रतिकूलताका बीचमा जित हासिल गर्दै आएको छ’, उनले भने, ‘प्रतिकूलताका बीचमा पनि आफ्नो आस्था, विचार र संगठनलाई एमालेले जोगाएर राखेको छ । धेरैले मैदान खाली गरेको बेला पनि एमालेका कार्यकर्ताहरू कुटिँदै, काटिँदै, अपहरणमा पर्दा पनि पनि मैदान छाडेर भागेनन्, उहाँहरूले पार्टीको बीउ जोगाइराख्नु भयो ।’

शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले आतङ्क मच्चाएको बताउँदै उपमहासचिव ज्ञवालीले त्यस्तो बेलामा पनि एमालेले आफूलाई जोगाएर अघि बढेको स्मरण गरे ।

पार्टी विभाजनको सङ्गीन घडीमा समेत कार्यकर्ताले एमालेलाई जोगाएर राखेको उनको भनाइ थियो ।

‘पार्टीको नाम हाम्रो रहन्छ कि रहन्न, चुनाव चिन्ह हामीसँग रहन्छ कि रहन्न, यत्रो बनाएका हाम्रा संरचनाहरू, पार्टीको विरासत हामीसँग रहन्छ कि रहन्न भन्ने अवस्थामा पनि हामीले ती प्रतिकूलतालाई जित्यौँ’, उनले भने ।

उनले विगतको तुलनामा अहिलेका प्रतिकूलता त्यति ठूला नभएको बताए । सबैभन्दा ठूलो पार्टीको रूपमा एमाले रहेको, अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएको, सबै प्रदेशमा एमाले सरकारमा रहेको जस्तो सहज अवस्था अहिले रहेको उनले चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार