गभर्नर प्रकरणले गठबन्धन नै टुट्नेवाला थियो : प्रवक्ता महत

२०८२ जेष्ठ २४, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्र बैंकका गभर्नर प्रकरणमा सभापति शेरबहादुर देउवाले अडान नलिएको भए सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगिसकेको खुलासा गरेका छन्।

उनले गठबन्धनमा सबै कुरामा सम्झौता नहुने र गभर्नरको विषयमा ‘खतराको घण्टी’ बजिसकेपछि मात्रै परिस्थिति सम्हालिएको बताए। शनिबार अर्घाखाँची-रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रवक्ता महतले गठबन्धनको आन्तरिक अवस्थाबारे उक्त खुलासा गरेका हुन्।

“गठबन्धनको बाध्यताले कतिपय कुरामा चित्त नबुझे पनि स्वीकार्नुपर्छ,” उनले भने, “तर राष्ट्र बैंकको गभर्नरको कुरामा त सभापतिले भन्नुभयो नि, ‘यो कुरा मिलेन भने (गठबन्धन) मिल्दैन’।” उनले सभापतिको उक्त दृढतापछि मात्रै लामो समयदेखि अल्झिएको विषय टुंगोमा पुगेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार