
काठमाडौं : पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘एउटा नाता टुटेपछि’ गीतको भिडियो सार्वजनिक भएको छ ।
शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत, रामकुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको गीतको भिडियोमा गायिका एलिनाले नै अभिनय गरेकी छन् । यस गीतलाई एलिना चौहानको वास्तविक भोगाइमा आधारित भनिएको छ । केही समयअघि मात्र श्रीमानसँग सम्बन्धविच्छेद गरेकी एनिलाले भिडियोमा जीवन्त अभिनय गरेकी छन् ।
यस गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन, नबिन घर्ती मगरको सम्पादन, शंकर बिसीको निर्देशन रहेको छ भने गीतको भिडियोलाई शंकर बिसीकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।