सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२०८२ जेष्ठ २५, आईतवार

काठमाडौं : दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित सडकमा ना.४ ख ४००९ नम्बरको बस र रा.१ क ८७० नम्बरको बस एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा ना.४ ख ४००९ नम्बरको बसमा सवार दंगीशरण गाउँपालिका-२ बस्ने ६५ वर्षीय नारायण भण्डारी र ३७ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.४ ख ४००९ नम्बरको बसमा सवार अन्य ११ जना मध्ये ७ जनाको मेडिकल कलेज कोहलपुर, ३ जनाको सिटि अस्पताल तुलसीपुर र १ जनाको नागरिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुबै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, बारागढी गाउँपालिका-२ विसनपुर्वास्थित सडकमा विसनपुर्वाबाट दैर्वातर्फ जाँदै गरेको प्र.१-०५-००२ प १६२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ विसनपुर्वा बस्ने ५५ वर्षीया गीता देवी चौधरीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार