विश्वकप लिग-२: नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

२०८२ जेष्ठ २६, सोमबार

काठमाडौं : स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ।

आइतबार राति सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजित भएको हो। सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो।

अन्तिम ओभरमा जीतका लागि ७ रन चाहिँदा नेपालले दुई विकेटको क्षतिमा ४ रनमात्रै बनाउन सक्यो । जसले नेपालको जित्दाजित्दैकाे खेल उम्किएको हो । विश्व क्रिकेट लिग २ को अघिल्लो खेलमा भने नेपालले स्कटल्याण्डविरुद्ध नै १ विकेटको रोमाञ्चक जीत हात पारेको थियो ।

जीतको लागि असम्भव जस्तो खेलमा सोमपाल कामीको ६७, दीपेन्द्रसिंह ऐरीको ५६ रनको मद्दतमा नेपाल लक्ष्यतर्फ अघि बढेको थियो । तर हातमा तीन विकेट बाँकी हुँदा ठूला सट खेल्ने धुनमा दुवै खेलाडी आउट हुँदा नेपालको अवस्था थप कठिन भयो ।

पूरै ओभर खेल्दा जित्न सकिने अवस्थाकाबीच करण केसी पनि ४९.३ ओभरमा ठूलो सट खेल्ने धुनमा क्याचआउट हुँदा नेपालको कीर्तिमानी आशा टुटेको हो । नेपालको लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार