मोटरसाइकल दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु

२०८२ जेष्ठ २६, सोमबार

काठमाडौं : कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित तिरुपति पेट्रोल पम्प अगाडि दुर्घटनामा परेर घाइते भएका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर आइतबार राति ८:४० बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा परेर विराटनगर–५ का ४२ वर्षीय नवीन खनालको मृत्यु भएको हो। उनी ९५७२ नम्बरको मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका खनाललाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोमबार दिउँसो ४ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार