
काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ९० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ५० रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर २ हजार १ सय ६५ रूपैयाँ कायम भएको छ ।