‘कमेडी दरबार’ मा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई!

२०८२ जेष्ठ २७, मंगलवार

काठमाडौं : दर्शकमाझ लोकप्रिय कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ मा फिल्म निर्देशक प्रदीप भट्टराईको प्रवेश भएको छ। यसअघि ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिका निर्वाह गरेका प्रदीप ‘कमेडी दरबार’ मा महाराजाको भूमिकामा देखिने भएका हुन्।

मंगलबार शोको छायांकन भइरहेको स्थानबाट प्राप्त तस्बिरमा प्रदीप भट्टराई महाराजाको कुर्सीमा देखिएका छन्। कमेडी दरबारका मिडिया कोर्डिनेटर तथा गेष्ट म्यानेजमेन्ट हेर्दै आएका गोपीकृष्ण चापागाईंका अनुसार प्रदीप शोमा नियमित देखिन लागेका भने होइनन्।

‘महाराजा’ को भूमिकामा देखिँदै आएका मनोज गजुरेल युरोप टुरमा निस्किनुपर्ने भएकाले एक महिनाका लागि उनको स्थानमा प्रदीपलाई ल्याइएको हो। त्यसपछि फेरि मनोज नियमित देखिनेछन्। शोमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिँदै आएकी छन्।

‘कमेडी दरबार’ लाई श्रद्धा प्रसाईं र विक्की अग्रवालले निर्देशन गर्दै आएका छन्। शोमा पर्फमरका रूपमा थुप्रै कलाकारहरूको प्रस्तुति रहँदै आएको छ। अहिले दोस्रो सिजन चलिरहेको शोका अधिकांश एपिसोडले युट्युबमा मिलियन भ्युज पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार