
काठमाडौं : प्रहरीले काठमाडौंको टोखामा गोली हानेर दुई जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ग्राण्डी अस्पताल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको ब्यूरोका प्रमुख, एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । उनीहरूका साथबाट लागूऔष खैरो हेरोइन करिब २०० ग्राम बरामद भएको एसएसपी कोइरालाले बताए । लागूऔषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली टोखा पुगेको थियो ।
प्रहरीले नियन्त्रणमा लिएका दुवै जना भारतीय नागरिक रहेको बताइएको छ ।