त्रिविमा तोडफोड गर्ने कार्की भक्तपुरबाट पक्राउ

२०८२ जेष्ठ २७, मंगलवार

काठमाडौँ : त्रिविमा तोडफोड गरेको आरोपमा दिक्पाल कार्कीलाई पक्राउ गरिएको छ ।

गत जेठ १४ मा त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रेक्टरको कार्यालयमा तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।

गत जेठ १४ गते उनीसहितको समूह त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रेक्टरको कार्यालयमा तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार