
काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन खुल्ने बताएका छन्। शुक्रबार (आज) पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
उनले रास्वपा भने आफ्नै ढङ्गले जाने बताएका छन्। ‘रास्वपासँग मूलभूत रूपमा केही फरक छैन। तर, उहाँहरूका केही अडानका कारणले सायद केही समय उहाँहरू आफ्नै ढङ्गले जानुहुन्छ। तर, हाम्रो बीचमा विमति र आरोप-प्रत्यारोप केही छैन,’ उनले भने।
माओवादी केन्द्रले सत्तारूढ दलहरू कांग्रेस र एमालेसँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दैछ। रास्वपाले भने त्यसमा ठोस निर्णय गरिसकेको छैन।