
काठमाडौं : काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकिडाँडास्थित बीपी राजमार्ग सडकखण्डमा कार दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको भारतीय नागरिक सवार बीआर ०१–डीपी १००० नं. को कार ब्रेक फेल भई सडकबाट अन्दाजी ७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दुर्घटनामा कारमा सवार भारतीय नागरिक ४ जना घाइते भएका छन्।