काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ६५ रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।








