काठमाडौं : बजारमा भुइँकटहरको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ घटेको देखाएको हो ।
आज शुक्रबार भुइँकटहरको भाउ प्रतिगोटा २० रुपैयाँले घटेको छ । हिजो बिहीबार कालीमाटी बजारमा भुइँकटहर प्रतिगोटा १ सय ८० रुपैयाँमा किनबेच भएको थियो । आज भने भुइँकटहरको प्रतिगोटा मूल्य १ सय ६० रुपैयाँ कायम छ ।
जेठ दोस्रो साता भने भुइँकटहर प्रतिगोटा १ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।









