प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२०८२ असार १३, शुक्रबार

काठमाडौं : मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका एजेन्डामा छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्री शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् । स्पेन भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार