दीपकराज गिरीले गरे गायिकाद्वय समीक्षा र एलिनाको प्रशंसा

२०८२ असार १३, शुक्रबार

काठमाडौँ : फिल्म निर्माता एवं कलाकार दीपकराज गिरीले गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको साहसको प्रशंसा गरेका छन्।गायिकाद्वय केही दिनयता आफूहरूविरुद्ध सामाजिक सञ्जालमा छुद्र टिप्पणी गर्नेहरूको प्रतिकारमा उत्रिएका छन्। यसैका लागि कलाकार गिरीले दुवै गायिकाको तारिफ गरेका हुन्।

‘यी दुइटै गायिका मलाई मन पर्ने गायिका हुन्’, गिरीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्योमध्ये पनि समीक्षाको त म गायकीको मात्रै होइन, सुरुदेखि उनको साहसको पनि प्रशंसक हुँ।’

उनले अगाडि लेखेका छन्, ‘सानो उमेरमा नै उनीमाथि जुन वज्रपात पर्‍यो, त्यो ठाउँमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनीले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन्। त्यसकै फलस्वरूप आज यहाँ पुगिन्।’

आफूविरुद्ध जथाभाबी लेख्नेहरूलाई सामाजिक सञ्जालमै प्रतिवाद गरेकामा गिरीले दुवै गायिकाको प्रशंसा गरेका छन्।

‘तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदांगो पार्ने जुन अभियान चलायौ, त्यो एकदमै प्रशंसनीय छ। दुवै जनालाइ शुभकामना।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार