काठमाडौं : सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। असार १० गते भोटेकोशी गाउँपालिका-५ को एक जंगलमा ११ वर्षीया बालिकाको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको हो। यसबारे शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।










