केपी ओलीसँग निहुँ खोजेर मेरो राजनीति सिद्दियो भन्ने कुरा मान्दिनँ : भीम रावल

२०८२ असार १३, शुक्रबार

काठमाडौं : मातृभूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफ्नो राजनीतिक भविष्य सिद्दिएको कुरा अस्विकार गरेका छन् । प्राइम टिभीबाट  प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ऋषि धमलाले ‘तपाईंले केपी शर्मा ओलीसँग निहुँ खोज्ने भएर आफ्नो राजनीति सिध्याउनुभयो होईन ?’ भनेर राखेको प्रश्नमा रावलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफू केपी ओलीसँग मिलेर उपप्रधान एवम् गृहमन्त्री नभएको स्पष्ट पारे । उनले आफू देश, जनता र जनताको बहुदलीय जनवादको पक्षमा उभिएको तर केपी ओली त्यसको विपरित गएको दाबी गरे । उनले आफूले एमालेमा विचार र राजनीतिक रुपमा संघर्ष गरेको र ओलीसँग निहुँ नखोजेको स्पष्ट पारे । उनले आफूसँग कार्यकर्ताहरु र नेताहरुको टिम पनि रहेको सुनाए ।

उनले एमालेबाट आफू भागेर नहिँडेको दाबी गरे । उनले भने,‘एमालेबाट म भागेर हिँडेको हुँ त ? मलाई त उहाँले कांग्रेससँग मिलेर, महन्थजीहरुसँग मिलेर प्रधानमन्त्री भएर शक्तिको आडमा स्वेच्छाचारी ढंगले तँ सदस्य भइनस भनेर भनेको हो, म छोडेर भागेको हो र ? केपी ओली र माधव नेपाललाई पटक पटक मिलाउनको लागि भूमिका खेल्ने मान्छे हुँ म । म यो कुरा सार्वजनिक रुपमा बोलिरहेको छु ।’

उनले प्रधानमन्त्री ओलीले कहिल्यैपनि कम्युनिष्ट एकता नगरेको आरोप लगाए । ०७४ सालमा माओवादीसँग गरेको एकता पनि प्रधानमन्त्री खानकोलागि मात्रै गरिएको रहेछ भन्ने कुरा डेढ वर्षपछि गोप्य सहमति बाहिरिएपछि थाहा भएको उनको भनाई छ । उनले माओवादीसँग ओलीले निस्वार्थ ढंगले एकता नगरेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार