काठमाडौं : सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भए जोकोहिमाथि कारवाही हुने स्पष्ट पारेका छन् ।
बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भ्रष्टाचारी मन्त्री होस् वा अन्य कुनै पदका व्यक्ति, जो भएपनि कारवाही हुने स्पष्ट पारे । नैतिकताको कुरा उठिसकेपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा, तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनले बताए ।
उनले भ्रष्टाचारका बिषयमा सरकारले आँखा चिम्लिएर नबस्ने धारणा राखे । त्यस्तै प्रवक्ता गुरुङले भिजिट भिसामार्फत स्पेन गएर नफर्केकामाथि सरकारले अनुसन्धान सुरु गरिसकेको बताए ।








