दुई करोड ७० लाख ठगी गर्ने पक्राउ

२०८२ श्रावण १, बिहीबार

काठमाडौँ : दुई करोड ७० लाख ८६ हजार भन्दा बढी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला अदालतले ११ महिना कैद सजाय र सोही रकम बराबरको बिगो र जरिवाना असुलको फैसला गरेसँगै रमेशकुमार कार्कीको जाहेरीले वादी नेपाल सरकार भई प्रतिवादी  काठमाडौँ महानगरपालिका-३, घर भई तारकेश्वर नगरपालिका-५, गोल्डढुङ्गा बस्ने वर्ष ४६ को केदार अर्याललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनले एक करोड पच्चीस लाख रुपियाँ बिगो रकम भएको ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादीलाई  प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा-६ बाट पक्राउ थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिवादी विरुद्ध विभिन्न समयमा ५ वटा मुद्दाहरूमा सम्मानित अदालतबाट ११ महिना ८ दिन कैद सजाय र १ करोड ४५ लाख ८६ हजार ९ सय ५० रुपियाँ फैसला भएको अभिलेख देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार