काठमाडौँ : दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० जहाजको जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ।
शुक्रबार मन्त्रालयमा आयाजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई अन्तिम प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले कुनै पनि मुलाहिजा नराखेर प्रतिवेदन आएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।
दुर्घटनामा पाइलट मनिष शाक्य भने बाँच्न सफल भएका थिए। जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डययन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।










