पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

२०८२ श्रावण २, शुक्रबार

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबिच शुक्रबार बिहान भेटघाट भएको छ । पूर्वराष्ट्रपति भण्डारीको निवास बुढानीलकण्ठमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको हो ।

करिब एक घण्टा भएको भेटमा डा.कोइरालाले आफूले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आवाज उठाउँदै आएको जानकारी दिँदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका छन् । वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न सोचे जति नसकेको पनि उनले बताएका छन् ।

यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले सुशासनको पक्षमा हुने प्रयासमा आफ्नो साथ रहने बताएकी छिन् । उनेले आफू अब सक्रिय राजनीतिमा आउन लागेकाले साथ र समर्थनको अपेक्षा गरेको बताईएको छ । डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पूर्वराष्ट्रपति भण्डारीसँग करिब एक घण्टा कुराकानी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार